Logo
Logo

बागमतीमा सरकार गठनका लागि आह्वान


882
Shares

काठमाडौं । बागमती प्रदेश सरकार गठनका लागि आह्वाग गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकार गठनका लागि पाँच दिनभित्र दाबी पेश गर्न भनेका हुन् ।

११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ  । प्रदेशमा हालसम्म कुन पार्टीले नेतृत्व गर्ने टुंगो लागेको छैन ।

हालसम्मको अंकगणित हेर्दा राप्रपाको सम्भावना बलियो देखिन्छ । केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेशसभामा एमालेका २७, माओवादीका २१ र राप्रपाका १३ गरी ६१ जना सांसद पुग्छन् ।

अर्कोतर्फ राप्रपा र एकीकृत समाजवादीसँग तालमेल गरे कांग्रेस सम्मिलित सरकार बन्ने सम्भावना छ । कांग्रेसलाई सरकार बनाउन १९ सांसदको समर्थन भए पुग्छ  ।

कांग्रेस सम्मिलित सरकार निर्माण गर्न राप्रपाका १३, एकीकृत समाजवादीका ७ जना सांसदले साथ दिएको खण्डमा केन्द्रीय समीकरणविपरीत वाग्मतीमा सरकार बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्