काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारको न्युनतम साझा कार्यक्रम र समसामयिक विषयम निर्णय लिनका लागि बैठक बसेको हो ।

यसअघि बुधबार बसेको सत्ता गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम बिहीबार टुंगो लगाउने निर्णय गरेको थियो ।
केही दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रम बनाउने सत्ता गठबन्धनबीच सहमति भएको थियो ।














