Logo
Logo

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन


1k
Shares

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थ मूल्य घटाउन निर्देशन दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकलगतै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिवलाई मूल्य घटाउन निर्देशन दिएका हुन् ।

पछिल्लो समय नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थमा नाफा रहेको र अन्तर्राष्ट्रियस्तरमा समेत मूल्यमा गिरावट आएको भन्दै प्रधानमन्त्री प्रचण्डले पेट्रोलिय पर्दाथको मूल्य घटाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनपछि आजै आयल निगमले यसबारे निर्णय गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्