Logo
Logo

गृहमन्त्री लामिछानेको नागरिकता विवाद : संवैधानिक इजलाशमा सुनुवाई हुँदै


882
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज संवैधानिक इजलासमा सुनुवाई हुँदै छ ।

यसअघि ६ पुसमा लामिछानेको नागरिकताविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वाेच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । शुक्रबार पेसी चढेसँगै लामिछानेको नागरिकताको वैधानिकतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि सुनुवाइ हुन लागेको हो ।

अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज भएको र अमेरिकाको नागरिकता त्यागेर नेपाली नागरिकता नलिई खारेज भएको पुरानै नागरिकताबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकाले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको हो ।

अधिवक्ता युवराज पौडेल र अधिवक्ता रविराज बसौलासमेतले राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्