काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम अन्तिम रुप दिने तयारी गरिएको छ । जसका लागि अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षता बसेको आजको कार्यदल बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने भएकाे हाे ।

अर्थमन्त्री पौडेलका अनुसार आजको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्ने छ । यसअघि बिहीबार पनि कार्यदलको बैठक बसेको थियो । तर, कार्यदलका सदस्य माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनुपस्थित भएपछि बैठक आजका लागि सारिएको थियो ।
कार्यदलले दलले तयार गरेको मस्यौदालाई सत्ता साझेदार दलका शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् । न्यूतम साझा कार्यक्रममा सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानबिन र न्यायिक सुधारका लागि उच्चस्तरीय आयोग गठन, भ्रष्टार नियन्त्रण र सुशासन, छिटोछरितो सरकारी सेवा लगायतका विषय समेटिने बताइएको छ ।












