Logo
Logo

अनलाईन बैंकिङमा हुने ठगीबाट सावधान रहन इन्भेष्टमेन्ट बैंकको अनुरोध


693
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना ग्राहकलाई अनलाइन बैंकिङ ठगीबाट बच्न आग्रह गरेको छ । पछिल्लो समय प्रविधिको विकाससँगै अनलाइन बैंकिङमा ठगी बढ्दै गएपछि बैंकले आफ्ना ग्राहक वर्गलाई ठगीबाट बच्न सचेत हुन आग्रह गरेको हो ।

बैंकले जनहितका लागि जारी गरेको सूचनामा भनिएको छ, ‘अनलाइन तथा सामाजिक सञ्जालमा देखिएको लट्री, गीफ्ट जित्ने लिंकमा थिच्नु हुँदैन । यस्ता लिंकले विधुतिय उपकरणमा थाहा नै नपाई मालवेयर स्थापना गरिदिन्छ र जसमार्फत अनलाइन बैंकिङका संवेदनशील जानकारीहरु चोरी गरिन्छ ।’ त्यसबाट बच्न ईमेललगायत समाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिले पठाएका लिंकबाट सावधान रहन बैंकले आग्रह गरेको छ ।

साथै, अकाउन्ट अथवा बैंकिङ कारोबारमा असामान्य गतिविधि देखिएमा बैंकको शाखामा खबर गर्न समेत बैंकले अनुरोध गरेको छ ।

यस्तो छ इन्भेष्टमेन्ट बैंकले आफ्ना ग्राहकका लागि जारी गरेको सूचना :

१. ग्राहकले अपरिचित व्यक्तिबाट बैंकको कर्मचारी हुँ भन्दै फोन, एस.एम.एस, ईमेलमार्फत अनलाईन बैंकिङ पासवर्ड, मोबाईल बैंकिङ युजरनेम तथा पासवर्ड, ओटीपी (वान टाइम पासवर्ड), एटीम पिन, सीभीभी, सेक्युरिटी प्रश्न एवं जवाफको माग गर्न सक्छन्, जसका प्रयोगले अकाउन्टको पासवर्ड रिसेट गरी ग्राहकले थाहा नै नपाई पैसा निष्कासन गरिन्छ । त्यसकारण यस्ता फोन, एस.एम.एस, इमेललाई प्रतिकृया नदिई र संवेदनशील जानकारी कसैलाई नदिन आग्रह गरिन्छ ।

२. अनलाइन तथा सामाजिक सञ्जालमा देखिएको लट्री, गीफ्ट जित्ने लिङ्कमा थिच्नु हुँदैन । यस्ता लिंकले तपाईंका विधुतिय उपकरणमा थाहा नै नपाई मालवेयर स्थापना गरिदिन्छ जसका मार्फत अनलाइन बैंकिङका संवेदनशील जानकारीहरु चोरी गरिन्छ ।

३. सामाजिक सञ्जालमा पाइने बैंकका नक्कली प्रोफाइलबाट सावधान रहनुपर्छ । यस्ता प्रोफाइलबाट पनि अनलाइन बैंकिङका युजरनेम तथा पासवर्डको माग गर्दै तपाईंको अकाउन्टमा रहेका रकम निष्कासन गरिन्छ ।

४. पासवर्ड रिसेट गर्न एस.एम.एस तथा इमेलबाट सावधान रहनु पर्छ । यदि तपाईंले यस्ता एस.एम.एस तथा इमेल पासवर्ड रिसेट गर्न प्रयास नै नगरी प्राप्त गर्नु भएको खण्डमा तुरुन्तै बैंकलाई खबर गर्नुपर्छ ।

५. बैंकले कुनै पनि संवेदनशील जानकारी (जस्तै अनलाइन बैंकीङ पासवर्ड ओटीपी, एटीम कार्ड पीन एवं सीभीभी) नसोधिने कुरामा जानकार रहनु पर्छ ।

अकाउन्ट अथवा बैंकिङ कारोबारमा असामान्य गतिविधि देखिएमा बैंकको शाखामा खबर गनुपर्छ अथवा बैंकको आधिकारीक इमेल [email protected] मा खबर गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्