काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक धुम्बाराहीमा बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा केहीबेरमा सुरु हुने बैठकमा भोलि (शनिबार) बस्ने कांग्रेस संसदीय दलको बैठकमा एजेण्डा तय गर्नेबारे छलफल हुनेछ ।

बैठकमा उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको छ ।












