काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू धुम्बाराहीमा छलफलमा जुटेका छन् ।

सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका हुन् । धुम्बाराहीस्थित देउवाको निवासमा अहिले छलफल चलिरहेको छ ।
कांग्रेसले सरकारले विश्वास मत लिन लागेको विषयमा छलफल गर्न शनिबार संसदीय दलको बैठक बोलाएको छ ।
स्रोतकाअनुसार विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बसेको हो ।












