Logo
Logo

प्रतितोला ६ सयले बढ्यो सुनको भाउ


630
Shares

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको भाउ निरन्तर उकालो लागेको छ ।

आइतबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ आज(सोमबार) प्रतितोला ६ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो

त्यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ । आइतबार तेजाबी सुन प्रतितोला एक लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा आज चाँदी तोलामा १० रुपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्