Logo
Logo

प्राविधिक खराबीका कारण अमेरिकामा ५४ सय उडान प्रभावित


756
Shares

न्युयोर्क । एउटा अभूतपूर्व अवरोधमा कम्प्युटर प्रणालीमा प्राविधिक गडबडीका कारण बुधबार अमेरिकाभरका उडानहरू प्रभावित भए । नोटिस टु एयर मिसन प्रणाली (नोटाम) मा समस्या आएपछि ५४ सयभन्दा बढी उडान प्रभावित भएका हुन् ।

नोटामले उडान टोलीलाई खतरा, विमानस्थल सुविधाहरूमा परिवर्तन र अन्य आवश्यक जानकारी प्रदान गर्दछ । बिहिबार देशभरि सामान्य हवाई यातायात सञ्चालन बिस्तारै सुचारु भएको अमेरिकी संघीय उड्यन प्रशासन (एफएए)ले जनाएको छ ।

‘सामान्य हवाई ट्राफिक अपरेसनहरू बिस्तारै अमेरिकाभरि सुचारु हुँदैछन्’, एफएएले ट्विटरमा भन्यो, ‘ग्राउन्ड स्टप हटाइएको छ। हामी प्रारम्भिक समस्याको कारण खोज्न जारी राख्छौं ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000