Logo
Logo

माधव नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेटवार्ता


693
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानी संसद्को प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।  जापानी संसद्का सदस्य मासाकी जैराले आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाललाई भेटेका हुन् । 

भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत परियोजना, पर्यटन, नारायणहिटी दरबार सङ्ग्रहालयलगायतका विषयमा जापान सरकारको सहयोगका विषयमा छलफल भएको छ ।  जापानमा नेपाली श्रमिकको भूमिका, श्रमका क्षेत्रमा नेपालको योगदानबारे जैराले  प्रशंसा गरेका थिए ।  

अध्यक्ष नेपालले नेपालको विकासका लागि जलविद्युत परियोजना, पर्यटन, नारायणहिटी दरबार सङ्ग्रहालयको विकास, प्रवर्द्धन तथा संरक्षणका निम्ति जापानको भूमिका सह्रानीय रहेको र आगामी दिनमा यस्तै भूमिकाको अपेक्षाबारे गरेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्