Logo
Logo

किशोर श्रेष्ठलाई साइबर ब्युरोमा बोलाउन घरमै पुग्यो प्रहरी


0
Shares

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित हुन भनिएको छ । शनिबार (असोज ३१) ललितपुरस्थित उनको घरमै पुगेर प्रहरी टोलीले साइबर ब्युरोमा उपस्थित हुन भनेको हो ।

The current image has no alternative text. The file name is: kishor-shrestha.jpg

यसबारे जानकारी गराउन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली उनको घरमा पुगेको थियो । उनलाई साइबर ब्युरोमा आउन भनेर टोली फर्किएको अनुसन्धान कार्यालय स्रोतले जानकारी दियो ।

‘जनआस्था’ साप्ताहिक पत्रिकामा छापिएको समाचारका विषयमा कलाकार हिमेश पन्तले उनीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका थिए । त्यसो त जनआस्थाका प्रधान सम्पादक श्रेष्ठले पनि पन्तविरुद्ध साइबर ब्युरोमै उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्