
काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्दै छन् ।
पार्टी प्रवेश गरेको घोषणा गर्न भुसालले आज दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा घोषणा कार्यक्रम आयोजना गरेका छन् ।
भुसालले एकीकृत समाजवादी प्रवेश गर्ने निश्चित भए पनि उनको जिम्मेवारीको विषय टुंगो लागेको छैन । उनलाई महासचिव बनाइने चर्चा चल्ने गरेको छ ।











