Logo
Logo

अमेरिकाद्वारा काबुल आतंकवादी हमलाको निन्दा


756
Shares

एजेन्सी । संयुक्त राज्य अमेरिकाले बिहीबार अफगानिस्तानको राजधानी  काबुलमा भएको पछिल्लो आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । सो हमलाको आतंकवादी समूह इस्लामिक स्टेट खोरासान प्रान्तले  जिम्मा लिएको छ । 

‘हामी काबुलमा भएको आतंकवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौँ ।  सो हमलाको आइएसद्वारा जिम्मा लिएको पाइएको छ ।   यो  आक्रमण क्रूर समूहको पछिल्लो भयानक उदाहरण हो । अफगानिस्तानका जनतामाथि संवेदनहीन हिंसा हो’, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पत्रकार सम्मेलनमा  बताएका छन् । 

‘हामी यस मूर्खतापूर्ण आक्रमणमा मारिएका प्रियजनहरू र परिवारका सदस्यहरूलाई हाम्रो गहिरो समवेदना पठाउँछौं । हामी आतंकको निन्दा गर्दछौँ’ उनले भनेका छन् ।

बुधबार भएको विस्फोटमा कम्तीमा ५ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको अफगानिस्तानको टोलो न्यूजले जनाएको छ ।  घटनाको अन्तर्राष्ट्रिय स्तरमा व्यापक आलोचना भएको छ ।

साथै अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसनले पीडित परिवारहरूप्रति संवेदना व्यक्त गर्दै अफगानिस्तानमा दिगो शान्ति ल्याउन हिंसा कुनै पनि समाधानको हिस्सा नभएको बताएको छ । सो घटनामा ४० जनाभन्दा बढी भएको र घाइतेहरूलाई काबुलको आपतकालीन एनजीओ मानवीय संस्थाद्वारा सञ्चालित सर्जिकल सेन्टरमा ल्याइएको  छ ।  अफगानिस्तानमा आपतकालीन निर्देशकले मृत्यु हुनेको संख्या बढ्दै जान सक्ने बताएका छन् ।

‘मृतकको सङ्ख्या अझै बढिरहेको छ’,  उनले भने, ‘यो  सन् २०२३  मा पहिलो सामूहिक हताहती हो ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000