
१, पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना, काठमाडौँबाट पोखराका लागि उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना, दुर्घटनामा परी मृत्यु भएका ६८ जनाको शव निकालियो, बेपत्ताको खोजी कार्य जारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजी कार्यमा ।

२, पोखरामा भएको विमान दुर्घटनाका शोकमा भोलि (सोमबार) राष्ट्रिय झण्डा आधा झुकाइने, माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्को निर्णय, अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिने, यती एयरलाइन्सले सोमबार हुने सबै उडान रद्द ।

३, सबै विमानको अनिवार्य प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन, आन्तरिकतर्फको सबै विमानहरुको अनिवार्य परीक्षण र त्यसको अनुगमन गर्ने जिम्मा नागरिक उड्डयन प्राधिकरणलाई, उद्दार कार्यलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्रहरूलाई निर्देशन ।

४, यती एयरको जहाज दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन, संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे, सदस्यहरूमा हवाई विज्ञ अवकाश प्राप्त दीपक प्रकाश बाँस्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा, सदस्य सचिवमा पर्यटनमन्त्रालयका बुद्धिसागर, आयोगलाई ४५ दिनको समय सीमा उपलब्ध ।

५, विमान दुर्घटनाका प्रभावित परिवारलाई आवश्यक सहजीकरण गर्न गृहमन्त्री रवि लामिछानेको निर्देशन, शवपरीक्षण, बीमाका प्रावधान आदिमा सहजीकरण गर्ने, दुर्घटनामा मृतकका परिवारलाई आवश्यक सूचना तथा जानकारी दिई शव व्यवस्थापन लगायतका काममा आवश्यक परामर्शको लागि सहजीकरण गर्न सरोकारवालालाई निर्देशन ।

६, प्रमुख प्रतिपक्षी दलको नेतामा नेमकिपाको दाबी, पहिलो, दोस्रो, तेस्रोदेखि दशौं स्थानसम्मको दलले सरकारलाई विश्वासको मत दिएको उल्लेख, ११औं ठूलो दल भएको भन्दै विपक्षी दलको नेतामा प्रेम सुवालको दाबी, गलत बाटोमा लागे विपक्षी दलको नेता माग्दै अदालत जाने चेतावनी ।

७, पुनःनिर्माणको क्षेत्रमा बाँकी रहेका कामलाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको आश्वासन, भूकम्प प्रतिरोधी संरचनाको निर्माण, भौतिक पूर्वाधारका क्षेत्रमा राज्यको तर्फबाट अवलम्बन गरिएका सबै नीतिगत र कानुनी प्रबन्धहरूको कडाइपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता, पूर्वसचेतनाका क्षेत्रमा आ–आफ्नो क्षेत्रबाट योगदानका साथ सरकारसँग हातेमालो गर्न अपिल ।

८, जप, तप, ध्यान एवं घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति मनाइयो, देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड, माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता ।

९, आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपाल, नामिविया र स्कटल्याण्डसम्मिलित नेपालमै हुने त्रिकोणात्मक शृंखलाको मिति सार्वजनिक, नेपालले पहिलो खेल फागुन गते नामिबियासँग खेल्ने, शृंखलाका लागि एक महिनाको समय बाँकी रहँदा पनि राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक पद खाली ।

१०, चीनमा पछिल्लो एक महिनामा मात्रै कोरोनाबाट करिब ६० हजारको मृत्यु, सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु, मृतकको संख्या योभन्दा पनि बढी हुनसक्ने अनुमान ।












