काठमाडौं । सरकारले यती एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव व्यवस्थापन र बिमा रकम भुक्तानीमा सहजिकरण गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले सो निर्णय गरेको हो । बिमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालले बीमाको रकम भुक्तानी र शव व्यवस्थापनमा आफन्तहरुलाई सहजीकरण गर्ने निर्णय भएको जानकारी दिए ।
आइतबार काठमाडौंबाट चालक दलका ४ सदस्यसहित ६८ यात्रु बोकेर यती एयरको बिमान पोखरा उडेको थियो । तर पोखरा विमानस्थलमा अवतरण हुनअघि नै सेती नदीको खोंचमा दुर्घटना हुन पुग्यो ।
उक्त दुर्घटनामा परेर परेर ज्यान गुमाएका विदेशी नागरिकको शव पोष्टमार्टम गरेर विदेश पठाउने व्यवस्था गरिने समेत निर्णय भएको अध्यक्ष सिलवालले बताए ।











