काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनाप्रति चीनले दुःख प्रकट गरेको छ ।
सोमबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिङले विमान दुर्घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरका हुन् ।

उनले भनेका छन्– ‘नेपालको परम्परागत र इमानदार मित्रको नाताले यस दुःखको घडीमा हामी नेपाली जनतासँगै रहेका छौँ, विमान दुर्घटनाका पीडितप्रति समवेदना र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’
आइतबार काठमाडौबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन–एएसी जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।
दुर्घटना परी मृत्यु हुने ६९ जनाको शव भेटिएको छ तीन जनाको खोजी कार्य जारी रहेको छ । अहिलेसम्म मृत्यु भएका ३५ जनको पहिचान खुलेको छ ।














