Logo
Logo

लुम्बिनी प्रदेशको सभामुख तुलाराम निर्विरोध निर्वाचित 



बुटवल । लुम्बिनी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका तुलाराम घर्ती मगरको एकल उम्मेदवारी परेको छ । यो सँगै तुलाराम निर्विरोध निर्वाचित भएका छन् । उपसभामुख पदमा भने तीन जनाको उम्मेदवारी परेको छ ।

उपसभामुख राप्रपाकी मेनुका खाँण केसी, नेपाली कांग्रेसका विश्व प्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्मला देवी थारु चौधरीले उम्मेदवारी दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ । अब उपसभामुखको मात्रै निर्वाचन हुने छ । 

प्रतिक्रिया दिनुहोस्