Logo
Logo

नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे


1.7k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपपिरषद् विस्तार गर्ने भएका छन् ।

सोमबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा भागबन्डाको टुंगो लागेपछि प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

शपथ दिउँसो १ बजे हुने तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो ।

दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ । जनमत पार्टीले एक मन्त्री पाउनेछ । नागरिक उन्मुक्ति र लोसपालाई भागबन्डा गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्