Logo
Logo

रास्वपाबाट अर्याल र खनाल मन्त्री बन्ने, सोविता उपसभामुख


6.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सोमबार अबेर रातिसम्म बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा रास्वपाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको हो ।

उसको भागमा गृह, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम तथा रोजगार मन्त्रालय परेको छ । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा पार्टी सभापति रवि लामिछाने यसअघि नै नियुक्त भइसकेका छन् । अब दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त हुनेछन् ।

विज्ञताको आधारमा मन्त्री बनाउने निर्णय गरेको रास्वपाबाट शिशिर खनाल र डोलप्रसाद अर्याल मन्त्री बन्ने भएका छन् ।
शिक्षामा खनाल र श्रममा ढकाल मन्त्री बन्ने निश्चित भइसकेको एक नेताले जानकारी दिए ।

खनाल टिच फर नेपालका संस्थापक हुन् । उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए । अर्याल भने रेमिटयान्स व्यवसायी हुन् । उनले जापानमा केही समय काम समेत गरेका थिए ।

स्वास्थ्य राज्यमन्त्री तोषिमा कार्की बन्ने भएकी छन्। त्यस्तै रास्वपाले उपसभामुख पनि पाउने भएको छ । उपसभामुखमा काठमाडौं २ बाट निर्वाचित सांसद सोविता गौतमलाई पठाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्