काठमाडौं । नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्ने पक्का भएपछि युवा नेता सुदन किराँतीले आफ्ना बुवासँगको कुराकानी सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता किरातीले मन्त्री बन्ने पक्का भएपछि ‘डाँडाको जुन घाम जस्तै बुवासँग कुराकानी’ सार्वजनिक गरेका हुन् । उनले आफूले मन्त्री बनेको खबर बुवालाई सुनाउँदा सपना हो कि विपना हो ? भनेर सोधेको सुदनले उल्लेख गरेका छन् ।
‘हँ’होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ?’ उनका बुवाले सोधेका छन् । बुबाको प्रश्नसहित जवाफमा किँरातीले भनेका छन्, ‘हो बुवा साँच्चै हो बिपना नै हो ।’
बुवाले अहिलेसम्म वंशमा कोही वडाअध्यक्षसम्म नभएको बताउँदै राम्रो गर्न आफूलाई सुझाव दिएको उनले बताएका छन् ।
सुदनले बुबासँग गरेको वार्तालाप जस्ताको त्यस्तै:
डाँडाको जुन घाम जस्तै बुवा संग कुराकानी !
मैले भने ।
म – बुवा म मन्त्री हुने भएँ छु ।
बुवा – हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ?
म – हो बुवा साँच्चै हो बिपना नै हो । (संस्कृति,पर्यटन तथा नागरिक उड्यान )
बुवा – मन्त्री चाहि कसरी भइस ? कसले गर्दा भइस ?
म – पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास ग¥यो ।
बुवा– राम राम राम ! म उहिले फोक्लेण्डको लाडाईमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे !
म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो ……… ।
बुवा– हाम्रो बंशमा वडा अध्यक्ष सम्म कोहि भएनौं राम्रो गर्नु ।
म – पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो । म मेहनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए …… ।
बुवा – म गए पछि तेरो आमा संग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो ! म ……… !
संम्झे !
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक ।














