Logo
Logo

माओवादी सांसद सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री


1.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बन्ने भएकी छन् ।

सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डामा माओवादी केन्द्रलाई प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री परेको थियो । भागबण्डा भएसँगै आज (मंगलबार) पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्गो लगाएको हो ।

पाटी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ उप प्रधान एवं भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।त्यस्तै रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएका छन् ।

यस्तै सुदन किराँती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र श्रीपाली राज्यमन्त्री हुने भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्