Logo
Logo

नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध


630
Shares

काठमाडौं । देशभर नेपाल टेलिकमको टेलिफोन सेवा अबरुद्ध भएको छ । मंगलबार मध्यान्ह १२ बजेदेखि कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन अबरुद्ध भएको हो ।

नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।

टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्