Logo
Logo

मतदान अधिकृतसँग निर्वाचन समीक्षा कार्यशाला


315
Shares

रौतहट । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका लागि आज मधेस प्रदेशको रौतहटमा मतदान अधिकृतहरूका लागि समीक्षा कार्यशाला आयोजना गरेको छ ।

समीक्षा कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनमा के के राम्रा पक्ष र कमजोरी रहे भन्नेबारेमा बुँदागतरूपमा सुझाव माग गरेकी छन् । उनले आयोगले त्यसलाई आगामी दिनमा आवश्यक विषयमा सम्बोधन गर्ने विश्वास व्यक्त गरिन् ।

निर्वाचन समग्रमा मितव्ययी भएको उल्लेख गर्दै उनले कानुनको पालनामा आयोगले कुनै कसर बाँकी नराखेको स्पष्ट गरिन् । उनले मतदाता नामावलीमा शुद्धीकरण र आचारसंहिताको कार्यान्वयन गराउँदै निर्वाचनलाई सूचनामैत्री बनाउन आयोगले भूमिका निर्वाह गरेको स्पष्ट गरिन् । रौतहटको कार्यक्रममा आयोगका तर्फबाट भएका असल अभ्यास, समस्या र सुधारका उपायबारे सहसचिव तुलसीबहादुर श्रेष्ठले प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्