Logo
Logo

विमान दुर्घटनाप्रति इटालीका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


630
Shares

काठमाडौं । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले आइतबार पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री मेलोनीले ट्वीटरमार्फत दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली र परिवाजनमा समवेदना व्यक्त गरेका छन् ।

उनले भनेका छन्– ‘नेपालमा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति मेरो व्यक्तिगत र इटाली सरकारको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै यस दुःखद घडीमा परिवारजनमा समवेदन व्यक्त गर्दछु ।

पोरखामा यती एयरको विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए । बाँकी ३ जनाको अझै हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्