
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै उपप्रधानमन्त्रीको संख्या चार पुर्याएका छन् ।
मन्त्रिपरिषद् विस्तार गरेकै दिन तीन जनालाई उपप्रधानमन्त्री बनाएका प्रधानमन्त्री प्रचण्डले चौथौं उपप्रधानमन्त्रीका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई सरकारमा भित्र्याएका छन् ।
यसअघि नेकपा एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात्रमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री नियुक्त भएका थिए ।
यसअघि सन २०१५ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा ६ जना उपप्रधानमन्त्री बनाएका थिए । त्यसयता यसपटक ४ जना उपप्रधानमन्त्री भएका हुन् ।











