Logo
Logo

चार उपप्रधानमन्त्रीको वरीयता- विष्णु पहिलो, रविभन्दा राजेन्द्र तल


3.8k
Shares

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार भएसँगै उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । सँगै, उनीहरुको नयाँ वरीयतासमेत कायम भएको छ ।

मंगलबार मन्त्रिपरिषद् विस्तार हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष उपप्रधान तथा ऊर्जामन्त्री बनेका छन् । यो सँगै उपप्रधानमन्त्रीको संख्या पनि चार पुगेको छ ।

यसअघि पुस ११ गते मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमालेका बिष्णु पौडेल उपप्रधान तथा अर्थ, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातत्रमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।

मंगलबार मन्त्रिपरिषद् विस्ता भएसँगै चार उपप्रधानमन्त्रीको नयाँ वरीयतासमेत कायम भएको छ । अब उपप्रधानमन्त्रीको पहिलो वरीतामा अर्थ मन्त्रालय सम्हालेका विष्णु पौडेल, भौतिक पूर्वाधार सम्हालेका नारायणकाकाजी श्रेष्ठ दोस्रो, गृह सम्हालेका रवि लामिछाने तेस्रो र ऊर्जा मन्त्रालय सम्हालेका राजेन्द्र लिङ्देन चौथों वरीयतामा रहने भएका छन् ।

समग्र मन्त्रिपरिषदको वरीयतामा प्रधानमन्त्री पहिलो वरीयतामा हुन्छन् । त्यसपछि क्रमस उपप्रधानमन्त्रीहरु हुन्छन् । यस अवस्थामा पौडेल दोस्रो, श्रेष्ठ तेस्रो, लामिछाने चौथो र लिङ्देन पाँचौैं वरीयतामा हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्