काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थअवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुमेरु अस्पताल पुगेका छन् ।

जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि उनी पुस ३० गते ललितपुरको सुमेरु अस्पताल भर्ना भएका थिए । उनको स्वास्थअवस्था बुझ्न माओवादी केन्द्रका अध्यक्ष समेत रहेको प्रधानमन्त्री प्रचण्ड आज (मंगलबार) अस्पताल पुगेका हुन् ।
रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनलाई गत शनिबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । पुनलाई सोही दिन सुमेरु अस्पताल भर्ना गरिएको थियो । उनी केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।











