काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पदभार ग्रहण गर्दै स्वास्थ्य संस्था तथा अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न न्यूनतम सेवा मापदण्ड लागू गराउने निर्णय गरेका छन् ।

मन्त्री गिरीले ‘जनस्वास्थ्य ऐन ०७५ को दफा ६४’ अन्र्तगत रहेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
न्यूनतम सेवा मापदण्डमा कुन अस्पतालले कुन सेवा दिने भन्ने किटान हुने राज्यमन्त्री डा. कार्कीले बताए । मापदण्डमा आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र, क्षेत्रीय अस्पताल र माथिल्लो अस्पतालमा हुनुपर्ने सेवा, उपकरण, कर्मचारीको दरबन्दी आदि उल्लेख हुनेछ ।














