Logo
Logo

सभामुख निर्वाचनको तालिका सार्वजनिक


1.9k
Shares

काठमाडौं । संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ । 
 
सचिवालयले मंगलबार सार्वजनिक गरेको कार्यक्रमअनुसार माघ ४ गते बुधबार १  देखि ४ बजेसम्म सभामुखका लागि उम्मेदवारी दर्ता, सोही दिन सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका रहेको छ ।

त्यस्तै, माघ ५ गते ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि उम्मेदवारको सूचनामाथि सामूहिक छलफल गर्ने तालिका रहेको छ । 

प्रतिक्रिया दिनुहोस्