Logo
Logo

निगम सुधार्न बाघको घोडा चढ्न तयार छु : पर्यटनमन्त्री 


3.2k
Shares

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको सुधार्न गर्न लागिपर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री किरातीले निगम सुधार्न गाह्रो भएको पनि बताए । निगम सुधार बाघको घोडा चढ्नु जस्तै भएको उनको टिप्पणी थियो । उनले भने, ‘निगमको सुधार बाघको घोडा चढ्नु जस्तै हो, तर, म त्यो आँट गर्छु ।’

निगम सुधारबारे विज्ञ, मन्त्रालय र जनतासँग छलफल गरेर अघि बढ्ने उनले बताए ।  ‘सुधारबारे छलफल अघि बढाउँछौँ । विज्ञ, मन्त्रालय र जनतासँग सोधेर यसबारे निर्णय पनि लिन्छौं,’ मन्त्री किरातीले भने । 

उनले हवाई क्षेत्र सुरक्षित गर्न र यसअघि भएका कमीकमजोरीलाई सुधार गर्न छलफल गर्ने पनि बताए । मुलुकको पर्यटन क्षेत्रलाई अघि बढाउनका लागि आवश्यक पूर्वाधारका साथ नीति नियम बनाउनमा ध्यान केन्द्रित गर्ने उनको भनाइ छ । 

सांस्कृतिक पर्यटनमा जोड दिँदै उनले हाम्रो देशमा फोटोकपी नहुने तीन सम्पदाको सम्बद्र्धन गरी पर्यटन विकास गरिने बताए । 

प्रतिक्रिया दिनुहोस्