Logo
Logo

बालुवाटारमा सर्वदलीय बैठक जारी


819
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन सम्बन्धि छलफल गर्न प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका हुन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार सर्वदलीय बैठक बोलाउने सहमति भएको थियो । सोही अनुरुपम प्रधानमन्त्री प्रचण्डले आज सर्वदलीय बैठक राखेका हुन् ।

बैठकमा नेपाली कांग्रेसहितका सरकारलाई विश्वासको मत दिने पार्टीहरु सहभागी छन् । आजको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन सम्बन्धमा छलफल हुने छ । त्यस्तै बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्