
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा जारी सर्वदलीय बैठकबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेकै बैला सत्तारुढ दल एमालेका अध्यक्ष ओली अकस्मात बाहिरिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिने दलहरुसँग राष्ट्रपति र सभामुख लगायतका पदहरुको निर्वाचनका सन्दर्भमा छलफल गरिरहेका बेला अध्यक्ष ओली अकस्मात बाहिरिएका हुन् ।
बैठकमा कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरु सहभागी छन् ।











