Logo
Logo

पैसाको अभावले उपचार गर्नबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्य राज्यमन्त्री


882
Shares

काठमाडौं । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभार ग्रहण गरेका छन् । राज्यमन्त्री डा. कार्कीले सबै तहका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड र राष्ट्रिय आँखा स्वास्थ्य रणनीति लागू गर्ने निर्णय गरेका हुन् । 

राज्यमन्त्री डा. कार्कीले संविधानले सुनिश्चित गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने बताए । उनले कोही पनि पैसाको अभावले उपचार गर्नबाट वञ्चित हुनु नपर्ने उल्लेख गरे  । 

आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य संस्था तथा अस्पताललाई न्यूनतम सेवा मापदण्डको कार्यान्वयन सुनिश्चित गर्नका लागि  स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने निर्णय गरिएको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए । 

राज्यमन्त्री डा. कार्की गत मङ्सिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएका हुन् । उनी राजनीतिमा आउनुभन्दा अगाडि चिकित्सक पेशामा आबद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्