Logo
Logo

सर्वदलीय बैठकमा किन जंगिए सीके राउत ?


14.9k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठकमा सत्तारुढ दल जनमत पार्टीका अध्यक्ष सीके राउत जंगिएका छन् ।

मन्त्रादल बाँडफाँटबारे सत्ता गठबन्धनमा भएको सहमति पालना नभएको अध्यक्ष राउत प्रधानमन्त्रीसँग जंगिएका हुन् ।

अध्यक्ष राउनतले बैठकमा भने– ‘हामीले मागेको मन्त्रालय किन दिइएन ? उद्योग मन्त्रालय मागेका थियौं किन खानेपानी दिइयो ? यस विषयमा पुनर्विचार गरियोस ।’

उद्योग मन्त्रालय दाबी गर्दै आएको जनमतले आज मन्त्रिपरिषद विस्तार हुँदा खानेपानी मन्त्रालय पाएको छ । तर, जनमतले उक्त मन्त्रालय अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्