Logo
Logo

जसपा संसदीय दलको बैठक बस्दै


1.4k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ ।

हिजो मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थप गरि मन्त्रीपरिषद विस्तार गरेका छन् । सत्ता सझेदार दल जसपा भने मन्त्रालय बाँडफाटमा सहमति जुट्न नसक्दा सरकारमा सहभागी भएन ।

संसदीय दलको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्