
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिने/नदिनेबारे निर्णय लिन बैठक बस्न लागेको हो ।
बैठक बिहान ९ बजे बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार पदाधिकारी बैठकले सभामुखमा अन्य दललाई समर्थन गर्ने कि आफैँ उम्मेदवार बन्ने भन्ने टुंगो लगाउनेछ ।
संसद् सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ ।














