
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सुमेरु अस्पताल पुगेका छन् ।
एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले बुधबार बिहान सुमेरु पुगेर पूर्वमन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
शनिबार एक्कासि स्वास्थ्यमा समस्या आएपछि तत्काल हेलिकप्टरबाट काठमाडौं ल्याएर सुमेरु अस्पतालमा भर्ना गरिएको हो ।
यसअघि मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनलाई भेटेका थिए ।














