Logo
Logo

सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय


4.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उमेदवारी दिने निर्णय गरेको छ ।

आज बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीस्थित बसेको कांग्रेस पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । उम्मेदवारी दिने निर्णय गरेपनि उम्मेदवार भने टुंगो लागेको छैन ।

दिउँसो २ बजे संसदीय दलको बैठक बसेर उमेदवारको टुंगो लगाउने निर्णय गरिएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्