काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।

चिनियाँ राजदूत चेन ओलीलाई भेट्न बुधबार साँझ भक्तपुरको बालकोटस्थित निवासमा गएका थिए । दुईबीच दुई देशका आपसी सम्बन्धका बारेमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।
सत्ता साझेदार दलको राजनीतिक संयोजकसमेत रहेका ओली र चिनियाँ राजदूतबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।











