Logo
Logo
दृष्टिको १० हेडलाइन्स्

सभामुख निर्वाचनदेखि उखुको मूल्य तोकिएकोसम्म


756
Shares

१, सभामुख निर्वाचनको लागि दुई जनाको उम्मेदवारी, सत्ता साझेदार दलबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्ष गठबन्धनको तर्फबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता, घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितारज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन, न्यौपानेको प्रस्तावकमा विश्व प्रकाश शर्मा र समर्थक प्रकाश ज्वाला ।


२, सरकारले उखुको मूल्यप्रति क्विन्टर ५४० रुपैयाँ तोक्यो, उखुको ढुवानी भाडा प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले व्यहोर्नेे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा जानकारी, पदक वितरणको मापदण्ड बनाउन समिति गठन, मन्त्रीले विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी राख्नुपर्ने निर्णय ।


३, मधेसका मुख्यमन्त्री सरोज यादवलाई शतप्रतिसत विश्वासको मत, प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका मुख्यमन्त्री यादवलाई प्रदेश सभाका सबै सदस्यले विश्वासको मत दिए, उपस्थित १०२ जना सांसदले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिए ।

४, नेकपा एकीकृत समाजवादीद्वारा सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा पार्टीको मूल नीति र कार्यक्रम निर्माण मस्यौदा समिति गठन, पार्टीका विभिन्न विभागका प्रमुख,उपप्रमुख, सचिव जनसंगठनका इन्चार्जसहितको खनालको संयोजकत्वमा समिति गठन ।


५, विराटनगरस्थित कोसी अस्पतालमा जीवित एक नवजात शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि कुटपिट, मोरङ जहदा–३ भातिगञ्जका दीलिप मुखियाको १८ दिनका जीवितै शिशुलाई कोसी अस्पतालका डा. अनिल यादवले मृत घोषणा गरेपछि परिवार र आफन्त आक्रोशित, डाक्टर सामान्य घाइते, हातपातमा उत्रिएका तीन जना पक्राउ ।


६, फ्रान्सदेखि आएको एटिआर विमान निर्माता कम्पनीको विज्ञ टोलीले यती एअरलाइन्सको विमान दुर्घटनाबारे स्थलगत अध्ययन थाल्यो, पोखराको सेतीखोँचमा पुगी घटनास्थलको अवलोकन, टोलीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासीको सहयोग ।


७, नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने, यही माघ ५ गतेबाट दिउँसो १२ बजे देखि ४ बजेसम्म थप ३० दिन बन्द गरिने, काम नसकिएपछि एक महिना थप गरेर काम सम्पन्न गर्ने जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सरोकारवालाको बैठकको निर्णय ।


८, आठ विकास बैंक र चार वित्त कम्पनीलाई राष्ट्र बैंकको कारबाही, राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानूनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लङ्घन गरेको भेटिएपछि आर्थिक जरिवाना, कर्णाली डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, सिन्धु विकास बैंक लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोसी डेभलपमेन्ट बैंकलाई हर्जाना ।


९, एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले उचाल्यो, एस स्पोट्र्स एण्ड इभेन्ट्स प्रालिले पुस २७ गतेदेखि आयोजना गरेको लिगको फाइनल खेलमा किङ्ग्स क्रिकेट क्लबलाई हराउँदै नगद ४५ हजारसहितको उपाधि हात पार्यो, उत्कृष्ट खेलाडी सागर थापा घोषित ।


१०, हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु, दुर्घटनामा दुई जना बालबालिका पनि मारिए, गृहमन्त्रालयका कैयौँ उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीको पनि मृत्यु ।

प्रतिक्रिया दिनुहोस्