Logo
Logo

प्रमुख प्रतिपक्ष दल नेमकिपालाई घोषित गरियोस् : प्रेम सुवाल


441
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल मान्ने आधार नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभ बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कांग्रेस प्रमुख प्रतिपक्ष दल हुन नसक्ने जिकिर गरेका हुन् ।

सांसद सुवालले प्रतिपक्ष दल नतोकी संसद् बैठक सुरु नगर्नसमेत ध्यानाकर्षण गराएका छन् । सभामुख निर्वाचनको प्रयोजनका लागि बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले आफ्नो दल नै सबैभन्दा ठूलो प्रतिपक्षी दल भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो राजनीतिक दल नेमकिपा हो त्यसैले प्रमुख प्रतिपक्ष दल नेमकिपालाई घोषित गरियोस् ।’

कानुनविद्, राजनीतिज्ञहरूले पनि कांग्रेस प्रतिपक्ष दल हुन नसक्ने बताएको उल्लेख गर्दै उनले भने, ‘कांग्रेस प्रतिपक्ष दल होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूले पनि कांग्रेसलाई कानुन, व्यवहार र राजनीतिक रूपमा प्रमुख प्रतिपक्षको हैसियत नभएको बताउनु भएको छ । संघीय कानुनबमोजिम विपक्षी दल तोकेर मात्र संसद्का कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्