Logo
Logo

घिमिरे सभामुखका लागि योग्य र सक्षम व्यक्ति- राजेन्द्र लिङ्देन


882
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उप्रप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले सभामुखका उम्मेदवार देवराज घिमिरेलाई निर्वाचित गराउन आग्रह गरेका छन् ।

बिहीबार हुन लागेको सभामुखको निर्वाचनमा उम्मेदवार रहेका नेकपा एमालेका सांसद् देवराज घिमिरेको सादा जीवन र सदाचारी व्यक्तित्वको चर्चा गर्दै उनले सभामुख पदमा निर्वाचित गराउन आग्रह गरेका हुन् । सभामुखमा घिमिरेलाई समर्थन गरेका अध्यक्ष लिङ्देनले उनी सभामुख पदका लागि योग्य र सक्षम रहेको बताए ।

‘हामी फरक राजनीतिक विचारको भइकन पनि उहाँलाई म नजिकबाट जान्दछु । लामो समयदेखि नेपाली राजनीतिमा क्रियाशील सादा जीवन व्यतित गरेको सदाचारी व्यक्ति हुनुहुन्छ, सबैलाई लिएर हिँड्न सक्ने चरित्रको हुनुहुन्छ,’ उनले भने, ‘सभामुखजस्तो गरिमामय पदकालागि सुयोग्य व्यक्ति हुनुहुन्छ । निष्पक्षता र यसको प्रभावकारितामा योग्य हुनुहुन्छ । त्यसकारण उहाँलाई सभामुखमा निर्वाचित गर्न सबै सांसदज्यूहरूलाई आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्