
१, देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित, प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुख चुनिए, घिमिरेको पक्षमा १६७ र न्यौपानेको पक्षमा एक सय मत खस्यो, एक जना सांसद भने तटस्थ रहे ।

२, राष्ट्रपतिमा समझदारी खोज्ने प्रयास भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, राष्ट्रपतिको निर्वाचनका लागि अझै समय बाँकी रहेको र समझदारी खोज्ने प्रयास भइरहेको जानकारी, सभामुखको जस्तै उपसभामुखको निर्वाचन पनि सुन्दर ढंगले हुने अभिव्यक्ति ।

३, राष्ट्रपतिमा आफ्नो पार्टीले उठाउने उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने नेकपा एमालेका अध्यक्ष ओलीको भनाइ, राष्ट्रपति कांग्रेसलाई कुनै हालतमा नछाड्ने, राष्ट्रपतिमा एमालेले उमेदवार उठाउने र त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने अभिव्यक्ति, सरकारलाई विश्वासको मत दिएर पनि कांग्रेसले अनावश्यक सत्ता गठबन्धनको विरोध गरेको टिप्पणी ।

४, सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिकको हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरी महतो संसद्मा उपस्थित, संसद् कोइरी संसद्मा सहभागी भएपछि उनलाई पक्राउ नगरेकोप्रति कांग्रेसद्वारा गृहमन्त्रीको ध्यानाकर्षण, विधि र प्रक्रियाअनुसार काम गर्ने भन्दै अनावश्यक दबाब नदिन गृहमन्त्री रवि लामिछानेको अनुरोध ।

५, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका यात्रुका परिवारसँग भेट, महाराजगन्जस्थित टिचिङ अस्पताल पुगेर शव पहिचानको स्थितिबारे जानकारी लिए, शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई जिम्मा लगाउन निर्देशन ।

६, रास्वपाबाट मन्त्री बनेका डीपी अर्यालको म्यानपावर कम्पनीमा लगानी देखाउन गृहमन्त्री रवि लामिछानेको चुनौती, प्रमाण दिए कारबाहीका लागि आफू तयार भएको भनाइ, मन्त्री अर्यालको म्यानपावर कम्पनीमा लगानी भए आफैले पहिला कारबाही गर्न गृहमन्त्रीको अभिव्यक्ति ।

७, नेपाल राष्ट्र बैंकले आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्थालाई हटायो, आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाइएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टद्वारा जानकारी, बैंकहरूले जोखिम लागेको खण्डमा आफ्नो किसिमले नगद मार्जिनको व्यवस्था तोक्न सक्ने ।

८, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लाग्यो, नेप्से परिसूचक पाँच दशमलब ७१ अङ्कले उकालो लागेर दुई हजार एक सय ७८ दशमलब ८१ मा कायम, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलब १५ अङ्कले उकालो लागेर चार सय १५ दशमलब शून्य पाँचमा पुग्यो ।

९, फुटबल खेल चलिरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि स्याङ्जामा पाइलटमाथि हातपात, पोखराबाट साइटसिनका लागि भन्दै स्याङ्जा पुगेको प्रभु एयरको हेलिकप्टर वालिङ नगरपालिकास्थित फुटबल चलिरहेको मैदानमा अवतरण, पाइलट रमेश डंगोलमाथि हातपात भएपछि हेलिकप्टर पोखरा फर्कियो ।

१०, न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डर्नद्वारा पदबाट राजीनामा दिने घोषणा, फेब्रुअरी ७ सम्ममा पदबाट बाहिरिने, देशको नेतृत्व गर्न आफूसँग पर्याप्त ऊर्जा नभएको भनाइ, पार्टीका सदस्यले देशलाई नेतृत्व गरेकामा आभार व्यक्त ।












