Logo
Logo

रास्वपाका इन्दिरा राना उपसभामुखको उम्मेदवार


1.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको रास्वपा संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सात दलीय सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्रको भागमा उपसभामुख परेको छ । निर्वाचित हुने लगभग पक्का रहेको उपसभामुखमा रास्वपाले जनजाती समुदायकी रानामगरलाई उम्मेदवार बनाउने भएको हो ।

उनको प्रस्तावकमा सोविता गौतम रहेकी छन् । यसअघि उपसभामुखमा गौतमको नाम चर्चामा थियो । शुक्रबार दिउँसो १ बजेदेखि चार बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।

शनिबार प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्ने छ । सभामुखमा सत्ता गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्