काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकारले छिमेक सम्बन्धलाई कृतिम रुपले तनावग्रस्त बनाएको आरोप लगाएका छन् ।

एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै ओलीले अघिल्लो सरकारले छिमकी सम्बन्धलाई अनावश्यक ढंगले तरंगित र असन्तुलित बनाएको बताए ।
उनले भने, ‘हाम्रो अन्तराष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चल्यो । कसैका निम्ति काम गर्ने, कसैलाई प्रभाव गर्ने गैरजिम्मेवार प्रवृत्तिहरू देखा गरे ।’
अध्यक्ष ओलीले राष्ट्र एकजुट भएर देशका निम्ति अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्नुपर्नेमा देशभित्र तनाव बढाउने, बाह्य शक्तिसँग साँठगााँठ गर्ने काम गरेको उनको आरोप छ ।














