Logo
Logo

प्रधानमन्त्री कप महिला टी-२० : उपाधिका लागि आज प्रदेश १ र सुदूरपश्चिम भिड्दै


315
Shares

विराटनगर । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्दै छन् ।

सुनसरीको इटहरीमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा एपीएफलाई ८ विकेटले पराजित गर्दै प्रदेश १ फाइनलमा पुगेको थियो भने सुदुरपश्चिमले मधेस प्रदेशलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

दोस्रो सेमिफाइनलमा एपीएफ क्लबमाथि ८ विकेटको सहज जित निकाल्दै प्रदेश १ ले सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको हो । एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश १ ले ९ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

शुक्रबार नै भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमले मधेस प्रदेशमाथि १ सय १४ रनको फराकिलो जीत निकाल्दै फाइनलमा स्थान बनाएको छ । टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८० रनको योगफल बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्