काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको वर्तमान राजनैतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित रौतहट काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको समसामयिक राजनैतिक विषयमा प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
पूर्वपूधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले नेपालको राजनैतिकका साथै आर्थिक सामाजिक सांस्कृतिक क्षेत्रको रूपान्तरण र परिवर्तन आवश्यक रहेको भन्दै इमान्दारिता निष्ठा र समर्पण भावले राजनीति गर्नुपर्नेमा जोड दिए ।














