Logo
Logo

धनराजको प्रस्ताव- शेखरलाई भावी सभापति घोषणा गरौं


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले शेखर कोइरालालाई भावी सभापति घोषणा गर्न प्रस्ताव गरेका छन् ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार भएको समीक्षा बैठकमा बोल्दै नेता गुरुङले कांग्रेस रुपान्तरण र सुधार अभियानको नेतृत्व कोइरालाले गर्नुपर्ने भन्दै उनलाई भावी सभापति मान्नुपर्ने बताएका हुन् ।

‘भोलि मेरो पनि महात्वाकांक्षा जाग्ला । अरुको पनि रुचि बढ्ला । त्यसैले अहिले नै कमिटमेन्ट गरौं, हामी सबैको नेता शेखर कोइराला हो । अब हाम्रो समूहबाट सभापतिको उम्मेदवार पनि शेखरलाई घोषणा गरेर जानुपर्छ,’ धनराजको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

पुस ६ गते सम्पन्न कांग्रेस संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाको पक्षमा कम मत खसेपछि थापाले समूहकै मत नखस्नुको कारण खाेजेका थिए ।

शेखर–गगन समूहमै विवाद र अविश्वासको वातावरण देखिएपछि गुरुङले महत्वाकांक्षा रोक्न शेखरलाई सभापति उम्मेदवार घोषणा गर्न प्रस्ताव राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्