Logo
Logo

गण्डकीमा ७ मन्त्रालय मात्र बनाउने निर्णय, आजै मन्त्रिपरिषद विस्तारको तयारी



पोखरा । गण्डकी प्रदेशमा ७ वटा मात्र मन्त्रालय हुने भएको छ । मन्त्रिपरिषद् बैठकले सात वटा मात्र मन्त्रालय बनाउने निर्णय गरेको हो ।

यसअघि नै सत्ता साझेदार दलको बैठकले गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति भएको थियो ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीमा १२ बाट घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं विना विभागीय मन्त्री सिता सुन्दासले जानकारी दिइन् । उनका अनुसार मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या ७ बनाउने निर्णय गरेको हो ।

साथै, आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादीबाट २ र राप्रपाबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी रहेको छ ।

संविधानले प्रदेशसभा सदस्यको २० प्रतिशत संख्यामा मन्त्री बनाउने सकिने व्यवस्था गरेको छ । तसर्थ, ६० सदस्यीय रहेको गण्डकीमा १२ जना मन्त्री बनाउन मिल्छ । सोही प्रावधानअनुसार अघिल्लो कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले १२ मन्त्रालय बनाएका थिए । तर, प्रदेशमा आर्थिक भार थपिएको भन्दै अधिकारी नेतृत्वको सरकारले ढिलै भएपनि मन्त्रालयको संख्या घटाएको हो ।

मन्त्रिपरिषदको निर्णयअनुसार अब गण्डकीमा यी मन्त्रालय रहने भएको छ :

प्रतिक्रिया दिनुहोस्